
जब हामी नेपालमा बोर्डको स्क्रुटिनी (scrutiny) प्रणाली हेरौं, त्यहाँ अनुशासन र न्यायको गहिरो खाँचो देखिन्छ। स्क्रुटिनीको नैतिकता शिक्षाको गहना हो। तर मैले अनुभूति गरे कि स्क्रुटिनी बोर्डमा अनुशासनको अभाव छ। जब महिला सदस्यहरू हुन्छन्, कतिपय पुरुषहरूले दुर्व्यवहारमा पार्छन ।
म एकपटक प्लस-टू तहको स्क्रुटिनी बोर्डमा थिएँ, त्यहाँ केही पुरुष सम्परिक्षकहरुले हात तानेर काम गर्न खोज्ने,, ठोक्किएर हिड्ने र प्याट्ट पिटेर के छ भन्ने जस्ता व्यबहार गर्थे ।तेस्ता काम को मैले बिरोध गरे । काम गर्दा अनुशासन नहुने र, मजाक गर्नेजस्ता आपत्तिजनक कार्य गर्थे। उनीहरूले आफूले गरिरहेका कार्य अनुचित हुन् भन्ने अनुभूति नै गर्दैनथे। र म बिरोध गरिरहे र केटी साथी चाहिन्छ काम गर्दा भनेर भने । जुन कारणले मलाइ भएन भनेर कपिमा धेरै नम्बर दिई भनेर पुरै घटाउन लगाए अनि निकाले बोर्डबाट । के मलाइ सिकाइरहनु पर्छ अथवा न्याय हुनु पर्थ्यो ?
केही नजान्ने कपि नै जाच नगरेका लगेर सम्परिशण मा राखेको छ अहिले । कति पहुच पुग्नेहरु तेहि छन बर्षौ देखि । के त्यो भर्ष्टचार र दलालिकरण होइन ?
मैले विरोध गरें र त्यसैका कारण मलाई बोर्डबाट हटाइयो। मेरो जाच गरेको कपी मा म आफैलाइ नम्बर घटाउन लगाए तिलक छेत्री र नेत्र आदिले । आफ्ना छोराछोरी भए १०० मा १०० दिन्थे होला । केवल एक जना व्यक्तिले – दिपेश न्यौपाने – मेरो कपी स्वीकृत गरिदिनु भो र म त्यहाँबाट बाहिरिन सकें। बिद्या पनि मेरो पक्षमा बोल्दै हुनुहुन्थियो ।
स्क्रुटिनी बोर्डका प्रमुख र कन्ट्रोलरले नै अनैतिक व्यक्तिहरूलाई समर्थन गरेका छन्, जसले गर्दा यस्तो भ्रष्टाचार निरन्तर चलिरहेको छ। अर्कोतर्फ, कपी वितरण प्रणालीमा पनि समस्याहरू छन् – कर्मचारीहरूले अपमानजनक व्यवहार गर्छन्, ढिलासुस्ती हुन्छ र अनुशासनको अभाव हुन्छ।
मैले बारम्बार स्क्रुटिनी बोर्डमा संलग्न हुन अनुरोध गरे तर मलाई नकारिएको छ। बरु, त्यहाँ यस्ता महिला राखिन्छन् जो दुर्व्यवहार र अश्लील मजाकलाई मौन स्वीकृति दिन्छन्, जसले विरोध गर्दैनन्। मेरो विरोधलाई ‘मानसिक समस्या’को संज्ञा दिइयो। मलाई एक्लो संघर्ष निकै गाह्रो लाग्यो। उनीहरू आफूलाई श्रेष्ठ ठान्छन् तर वास्तविकता भने अन्यायपूर्ण व्यवहार गर्छन्।
उनीहरूले स्क्रुटिनाइजर भएरपनि काम सहीसँग नगरी परीक्षक (examiner) लाई बोलाउँछन्, जुन स्वयं स्क्रुटिनाइजरको कमजोरी हो। स्क्रुटिनी बोर्डले आत्मनिर्भर भएर काम गर्नुपर्ने हो, नकि परीक्षकलाई दोष थोपर्ने।
नेपालको स्क्रुटिनी प्रणालीमा राजनीतिक हस्तक्षेप, पैसाको चलखेल, र अनुशासनहीनता स्पष्ट देखिन्छ। मलाई निष्कासित गर्नु, मेरो कपी अस्वीकृत गर्नु, अनि मेरो पारिवारिक प्रतिष्ठामा चोट पुर्याउनु – यी सबै अवैधानिक हुन्।
अन्तर्राष्ट्रिय नियमअनुसार स्क्रुटिनी बोर्डको यस्ता कार्यहरूलाई दण्डित गर्नुपर्छ। साना त्रुटिहरूलाई अपराध मान्नु हुँदैन, तर महिला सदस्यहरूमाथिको दुर्व्यवहार भने गम्भीर आपराधिक अपराध हो।
स्क्रुटिनीमा संलग्न व्यक्तिहरूको नाम गोप्य राखिन्छ, किनभने उनीहरूको काम नै गलत छ। यदि कुनै गलत कार्य छैन भने गोप्यता किन चाहिन्छ?
कपी वितरण गर्ने कर्मचारीहरूले अनुभवी परीक्षकलाई सम्मानपूर्वक व्यवहार गर्न जान्नुपर्छ। तर तिनीहरू नयाँलाई प्राथमिकता दिँदै अनुभवीहरूलाई उपेक्षा गर्छन्। यसले कपी वितरण प्रणालीलाई कमजोर बनाउँछ।
बोर्डले परीक्षकको अनुभव प्रमाणित गर्न ‘हालसालैको अध्यापन पत्र’ माग्छ, जुन आवश्यक छैन यदि परीक्षकसँग पहिल्यै पर्याप्त अनुभव छ भने। किताब लेख्ने अनुभव भएकाले विषयमा पकड राम्रो हुन्छ। तैपनि बोर्डले तिनीहरूलाई ‘शिक्षण पत्र’ माग्छ – जुन आवश्यक होइन।
अन्तमा, शिक्षकले यदि विगतमा अध्यापन गरिसकेका छन्, विषयवस्तुमा दखल राख्छन् भने, केवल हालसालै पढाएको छ वा छैन भन्ने आधारमा छुट्याउनु अन्यायपूर्ण हो । गल्ती बोल्ने, थुक्ने र अनावस्यक दोष आरोप लगाउने, अनैतिक गर्नेलाइ माफी मगाइनु पर्छ र जेल सजाय हुनुपर्छ । कसैका रिण भा नि काम नपाइने, कोहि बैंक मा पैसा थुपार्ने , कसैलाइ गाँस, बास, कपास लाई काम गर्न नदिने, नैतिकता र इमान्दारिता अनुसार काम गर्दा नि । के यो न्याय हो त ? न्यायिक कुरा बोल्दा “धेरै बोले कपि नदिने भन्या छ माथिबाट” भन्दै धम्की दिने कस्तो बोर्ड हो यो ? नियन्त्रक को मा जानुपर्ने रे ? के शिक्षक लाई यस्तो धम्की कर्मचारी र नियन्त्रक बाट ? उनिहरुले कपि जाच गर्ने क्षमता छ ? कपि परिक्षक सङ अमानविय धम्की दिने नगरौ । स्थायो कर्मचारी भयौ भन्दै कपि परिक्षण गर्ने को आर्थिक गतिबिधी हेरेर हेप्ने काम नगरौ ।
तेसैगरी बल्खुमा विद्यार्थी धेरै असफल भए , कति कलेज निल भो भनेर फेरि जाच गरि पास धेरै बनाउदा अलि अलि केरमेट भो ।
तेसैलाइ लान्छना लगाएर अर्को पाटीको मान्छे आएपछी कपि बोलाउन पर्यो भनेर केरमेट भो भन्दै बाराम्बार दाजुसङ आलोचना गर्ने के ती आलोचना गर्नेको मात्र इज्यत छ । केही सपार्छु भनेर परिक्षण गर्दा केरमेट हुन्छ नि कहिलेकाही सबैमा सधै पनि हुन्न नि । बुझ्न सके भैहाल्छ नि । धेरै असफल बनाउनु ठिक छैन बिध्यार्थी लाई र बिध्यार्थी को भविश्य माथी खेलवाड गर्नु हुन्न । मिल्ने सम्म पास बनाउनु पर्छ दोस्रो भाषामा ।
(प्लस-टू तथा कलेज उत्तरपुस्तिका परीक्षण अनुभव)
मिति: २०२५ जुन २६